Aamsanchar

पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना कोरोना संक्रमणमुक्त, ७ हजार ४२५ जनामा संक्रमण

Author Image
सोमवार, जेठ १०, २०७८

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् । ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १६९७ जना आईसीयूमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हालसम्म संक्रमित भएका ५ लाख २० हजार ४६१ मध्ये ६५३१ जनाको मृत्यु भएको छ ।

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर