विर्तामोड । झापामा एकका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंक मार्फत अक्सिजन वितरण सुरु भएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको समनवयमा अभियानले झापाको विएण्डसीमा २० थान, विर्तासिटी अस्पताललाई १५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए ।
अभियानले पहिलो चरणमा १ सय थान सिलिन्डर ल्याएको छ । अरु ४ सय थान चाईनाबाट ल्याउने प्रक्रिया पुरा गरिसकेको सहसंयोजक बस्नेत आमसंचारलाई बताए ।
अस्पताल तथा व्यक्तिले अक्सिजन सिलिन्डर प्रयोग गर्न प्रति सिलिन्डर १५ हजार धरौटी र अक्सिजन भर्ने र ढुवानी बापतको खर्च १ हजार व्यहोर्नु पर्ने छ । खाली सिलिन्डर फिर्ता भएपछि धरौटी फिर्ता हुने छ । धरौटी राख्न नसक्ने व्यक्तिले जनप्रतिनिधी वा अभियान्ताहरुको सिफारिसमा सिलिन्डर पछी फिर्ता गर्ने सर्थमा लान सकिने अभियानले कार्य विधी बनाएको छ ।
त्यसैगरी झापामा भर्खरै खुलेको समर्पित नामक संस्थाले मेची प्रादेशिक अस्पताल भद्रपुरलाई तत्कालको लागि काम चलाउन १५ थान अक्सिजन सिलिन्डर उपलव्ध गराएको समर्पितका अध्यक्ष सिए सुशिलकुमार अग्रवालले जानकारी दिए ।