Aamsanchar

अस्पतालको विषयमा प्रधानमन्त्री ओलीलाई समेत जोडेर गाली गलौज गरिएको भन्दै दुर्गा प्रसाईंद्वारा आपत्ति

Author Image
मङ्गलवार, जेठ ११, २०७८

बुधबार डाक्टर गोविन्द केसीका सहयोगसँग भएको वादविवाद बाहिर आएपछि डाक्टर गोविन्द केसीले विएण्डसीलाई सम्वन्धन दिए सत्याग्रमा बस्ने भने लगत्तै जवाफमा विएण्डसी अस्पतालले पनि प्रेस विज्ञप्ती मार्फत डाक्टर केसी प्रति जवाफ फर्काएको छ ।

झापाका रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले हस्पिटललाई जोडेर अनावश्यक रुपमा भ्रामक, कपोकल्पित, असत्य र झुठा अनर्गल आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मंगलबार विज्ञप्ति जारी गरेर त्यस्ता गतिविधिप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै घोर निन्दा  गरेका छन् ।

कोरोनाभाइरस महामारीका बेला अहोरात्र खटेर नागरिकको जीवनरक्षा गरिरहेका बेला भएका यस्ता तथ्यहिन र कपोकल्पित आरोपमा विश्वास नगर्न उनले सबैमा आग्रह पनि गरेका छन् ।

कोरोनाभाइरस संक्रमितहरु काठमाडौंबाट उपचारका लागि बिएण्डसी पुगेका बेला सो अस्पातलका सम्बन्धमा डा. गोविन्द केसी र उनका समर्थकले लगाएको आरोपप्रति कुनै सत्यता नरहेको निर्देशक प्रसाईंले दाबी गरेका छन् ।

अस्पतालको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जोडेर गाली गलौज गरिएको भन्दै उनले आपत्ति पनि जनाएका छन् ।

मेडिकल कलेजलाई कानुनविपरीत सम्बन्धन दिन खोजिएको भन्ने आरोपलाई पनि कार्यकारी निर्देशक प्रसाईंले खण्डन गर्दै प्रष्ट्याएका छन् ।

‘यस संस्थाले साविक कायम रहेको निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति २०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरि कलेजको सम्बन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ जारी हुनु अगावै २०७३ फागुन १५ गते काठमाडौं विश्वविद्यालयसमक्ष दिएको निवेदनका आधारमा काठमाडौं विश्वविद्यालयको सभाको ८९औं बैठकले यस संस्थालाई एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेबमोजिम काठमाडौं विश्वविद्यालयका विज्ञहरु सम्मिलित टोलीले मिति २०७८ वैशाख २२देखि २६ गतेसम्म कलेजेको प्रारम्भिक निरीक्षण गरि पेस गरेको प्रतिवेदनसमेतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३९६०बमोजिम सम्बन्धनको लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि निर्णय गर्नका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५को दफा १३९६० बमोजिम यस बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.लाई सम्बन्धन प्रदान गर्न चिकित्सा शिक्षा आयोगमा निमानुसार काम कारबाही अगाडि बढाएको विषयलाई अतिरञ्जित गरि विदेशमा बसेर विदेशी दलाल र विदेशमा एमबिबिएस, एमबी पढ्न पाउने मानवतस्कर तथा माफियाको योजना बमोजिम नेपाली पूँजि र विद्यार्थीहरुलाई विदेश लैजाने र विदेशमै अलपत्र पार्ने त्यसको ज्वलन्त उदाहरण चाइनाबाट आएर अलपत्र परेका एमबिबिएस पढ्दै गरेका १५२ जना विद्यार्थी आज मेडिकल काउन्सिलका अगाडि इन्टनसिप पाउँ भनि हारगुहार गर्दै रोई रोई हिँडेको देख्न सकिन्छ । सुनियोजित योजनाअनुसार निजले यस किसिमको धम्कीपत्र सार्वजनिक गरेकोले निजको धम्कीपत्रबाट कुनै पनि राष्ट्रप्रेमी नेपाली भ्रममा नपर्नहुन हार्दिक अनुरोध गर्दर्छौं’, जारी विज्ञप्तिमा भनिएको छ ।

 

Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर