Aamsanchar

राष्ट्रपति भण्डारी र समकक्षी सी बिच टेलिफोन संवाद : नेपाललाई थप १० लाख डोज खोप अनुदान दिने प्रतिबद्धता

Author Image
बुधवार, जेठ १२, २०७८

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादका दौरान चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धता जनाएका हुन् । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ट्वीट गर्दै राष्ट्रपति सीले संवादका दौरान नेपाललाई अनुदान सहयोगअन्तर्गत १० लाख खोप दिने घोषणा गरेको जानकारी गराइन् । राष्ट्रपति भण्डारीले सीलाई नेपाललाई खोप आवश्यक परेको हुँदा नेपाललाई खोप खरिदको लागि सहजीकरण गर्नको अनुरोध गरेकी थिइन् । चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।

Views: 274

प्रतिक्रिया (०)

सम्बन्धित खबर