Aamsanchar

जर्नेल केसीको कोरोना संक्रमणबाट निधन

Author Image
बिहिवार, जेठ १३, २०७८

काठमाडौं – कोरोना संक्रमित १३ नं बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको निधन भएको छ । एक साता अघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान ज्यान गएको नेपाली सेनाले जनाएको छ ।

केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै दुस्ख व्यक्त गरेका छन् । क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गरेका छन् । हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर