Aamsanchar

देशभर मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Author Image
शुक्रवार, जेठ १४, २०७८

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १‚ प्रदेश २‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा‚ उच्च वेगको हावाहुरी र एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। यस्तै‚ प्रदेश १‚ बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात रहेकाले पनि सतर्कता अउपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार अहिले देशभर चक्रवात ‘यास’ पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको  न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। यस्तै‚ देशभर मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १‚ प्रदेश २‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा र गण्डकी प्रदेशका केही स्थान‚ प्रदेश १‚ बागमती र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक दुई स्थानमा  भारी हिमपातको सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १‚ प्रदेश २‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना रहेको छ। उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा र गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश १‚ बागमती र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका एक दुई स्थानमा  भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर