Aamsanchar

कोरोनाको कारण मेचीनगरमा मृत्यु हुनेको संख्या १४ पुग्यो

Author Image
शुक्रवार, जेठ १४, २०७८

मेचीनगर। झापाको मेचीनगर नगरपालिकामा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ ।

निधन हुनेहरुमा वडा नम्बर १० र वडा नम्बर १३ का दुई पुरुष रहेको मेचीनगर कोभिड संयोजक नबिन बरालले बताए ।

वडा नम्बर १० का ३९ बर्षीय पुरुषको दमक लाइफलाइन अस्पतालबाट एम्बुलेन्समार्फत घर ल्याउने क्रममा बाटोमै निधन भएको बताइएको छ । त्यस्तै वडा नम्बर १३ का ५२ बर्षीय पुरुषको बिर्तासिटि अस्पतालमा निधन भएको हो ।

वडा नम्बर १३ का पुरुषको कनकाइ माईमा दाहसंस्कार गरिएको छ भने वडा नम्बर १० का पुरुषको निन्दा नदीमा दाहसंस्कार भएको बरालले बताए । शुक्रबार थप दुई संक्रमितको निधन हुँदा मेचीनगरमा कोरोनाको दोस्रो लहरयता कोरोनाको संक्रमण पछि ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर