Aamsanchar

विवेकशील साझा पार्टीका नेता थापा भेन्टिलेटरमा

Author Image
शुक्रवार, जेठ १४, २०७८

काठमाडौं – विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य स्थिति जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएको छ। पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्सबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिए पनि अहिले नेपाल मेडिसिटी अस्पतालमा लगिँदैछ।

‘केही दिन अघि उहाँलाई कोरोना भाइरसको संक्रमण भयो। उनको उपचार ह्याम्स काठमाडौंमा शुरु भयो र त्यसपछि ग्राण्डी अस्पताल रिफर गरिएको थियो र आज उहाँलाई नेपाल मेडिसिटी अस्पताल लगिएको छु, पाण्डेले भने, ‘अहिले उहाँको अवस्था निकै जटिल रहेको छ। हामी यो अवस्थाको सामना गर्न सक्दो प्रयास गर्दैछौँ। अहिले हामीलाई सबैभन्दा बढी तपाईंको साथ र सहयोग आवश्यकता परेको छ।’

अध्यक्ष रविन्द्र मिश्रले थापाको उपचारका लागि आर्थिक संकलन भइरहेको बताए। उनका लागि अमेरिकामा आर्थिक सहयोग संकलन भइरहेको र देशभित्र पनि आर्थिक सहयोग संकलन भइरहेको जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)