Aamsanchar

सिंहदरबारभित्रका कर्मचारीलाई आज कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज

Author Image
आइतवार, जेठ १६, २०७८

काठमाण्डौ-सिंहदरबारभित्रका कर्मचारीले आज कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउँदै छन् । कोरोना विरुद्धको खोप कोभिशिल्ड र भेरोसेलको पहिलो डोज लिएका सिंहदरबारभित्रका सबै कर्मचारीलाई आज दोस्रो डोज दिइने स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कोभिड-१९ खोप माघ १४ देखि फागुन २२ गतेसम्म ‘कोभिशिल्ड’ को पहिलो डोज लिएका र चैत २५ गतेदेखि वैशाख १५ सम्म ‘भेरोसेल’ खोप लिएका सिंहदरबारभित्रका कर्मचारीलाई दोस्रो मात्र आज र भोलि दिइने छ । सिंहदरबारभित्रकै खोप केन्द्रमार्फत खोप दिइने हुँदा अनिवार्य रुपमा पहिलो डोज खोप लगाएको कार्ड र कार्यालयले उपलब्ध गराएको परिचय पत्र साथमा लैजान भनिएको छ ।

Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर