Aamsanchar

सङ्खुवासभामा च्याउ खाएर एक हप्ताभित्र ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो

Author Image
सोमवार, जेठ १७, २०७८

सङ्खुवासभा- सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ बस्ने ४५ वर्षीया दिलमाया दर्जीको विषालु च्याउ खाएर ज्यान गएको छ । जङ्गलबाट ल्याएको च्याउ खाँदा बिरामी भएर उपचारका लागि धरान गएकोमा उपचार छाडेर फर्कँदै गर्दा हिजो बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । दर्जीसहित सङ्खुवासभामा च्याउ खाएर एक हप्ताभित्र ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

सिलिचोङ गाउँपालिकामा दुई जना र खाँदबारी नगरपालिकामा दुईजनाले ज्यान गुमाएका हुन् । सङ्खुवासभामा च्याउ खाँदा ज्यान गुमाउने घटना वर्षेनि हुने गरेका छन् । जङ्गलमा धेरै किसिमका च्याउ पाइने र कतिपय विषालु हुने गरेकोमा च्याउ टिप्नेहरुले नचिन्दा ज्यान जाने गरेको हो ।

Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर