Aamsanchar

च्याउ खाँदा बिरामी परेका २ जनाको उपचारका क्रममा झापाको बीएण्डसी अस्पतालमा मृत्यु

Author Image
मङ्गलवार, जेठ २५, २०७८

इलाम – इलाममा विषालु च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । विषालु च्याउ खाएर बिरामी भएका इलामको सन्दकपुर गाँउपालिका १ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको उपचारका क्रममा बीएण्डसी अस्पताल झापामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

गएको शनिवार इलाम नगरपालिका ३ पुवामझुवाका वीरमान राईको घरमा च्याउ पकाएर खाँदा चार जना बिरामी भएका थिए । बिरामी ३५ वर्षीय वीरमान र उहाँकी श्रीमती विष्णुकुमारीको उपचार भइरहेको इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर