

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाली सिलिन्डरमा अक्सिजन भरेर राख्न सबै नीजि तथा सरकारी अस्पतालहरुलाई आग्रह गरेको छ। मन्त्रालयले मंगलबार सूचना जारी गर्दै अक्सिजनको अभाव हुन नदिन यस्तो आग्रह गरेको हो।

‘अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्नु हुन,अक्सिजन प्लान्ट वा ट्यांकहरु मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था गर्नुहुन अनुरोध छ,’सूचनामा भनिएको छ। त्यस्तै,मन्त्रालयले सूचनामार्फत विभिन्न ठाउँमा लगिएका खाली अक्सिजन सिलिन्डर सम्बन्धित ठाउँलाई तत्काल फिर्ता दिन पनि आग्रह गरेको छ।
Views: 262


