Aamsanchar

नेपाल बाहिर तिहार यसरी मनाइन्छ

Author Image
बिहिवार, कार्तिक ११, २०७३

tihar_deusi_bhaili_03

भारतमा दीपावली

तिहारलाई भारतमा दीपावलीको नामले जानिन्छ, यो पर्वका दिनहरुमा भारतमा विभिन्न स्थानहरुमा मेला लाग्छन्। दीपावली एक दिनको पर्व नभएर पर्वहरुको समूह हो। दशैं पछि दीपावलीको तैयारी गरिन्छ। दीपावलीको दुइ दिन पहिला त्रयोदशीका दिन धनतेरस मनाइन्छ। यस दिन बजारहरुमा चारैतिर बाट मानिसको भीड लाग्छ। भाँडा-कुँडाको पसलमा र साज सज्जाको पसलहरुमा अति नैं भीड देखिन्छ। धनतेरसका दिन भाँडाहरु किन्नु अति शुभ मानिन्छ यसकारण प्रत्येक परिवारले अफ्नो आवश्यकता अनुसार केही न केही किन्ने गर्छन्। यस दिन तुलसी अथवा घरको ढोकामा एउटा दियो बालिन्छ। भोलिपल्ट नरक चतुर्दशी अथवा सानो दीपावली मनाइन्छ। यस दिन यम पूजा हेतु दीपक जलाइन्छ। त्यसको भोलिपल्ट दीपावली मनाइन्छ। यस दिन घरहरुमा बिहानदेखिनै तरह-तरहका पकवान बनाइन्छ। बजारमा खील-बताशा , मिठाईहरु ,खांड़क खेलाउने सामान, लक्ष्मी-गणेश आदिका मूर्तिहरु बेचिन्छन् । ठाउँ-ठाउँमा आतिशबाजी (पटेका) पसलहरु सजाइन्छ। बिहानदेखि नैं मानिसहरु आफन्त, साथी-भाइ र सम्बन्धीहरुको घर गएर मिठाई र उपाहार बाँड्छन्। दीपावलीको बेलुका लक्ष्मी र गणेश जीको पूजा गरिन्छ। पूजापछि मानिसहरु आ-आफ्ना घर बाहिर दीपक र मोमबत्तीहरु बाल्छन्। चारैतिर बालिएका दियाहरुको कारण सबैतिरको दृश्य मनमोहक हुन्छ। रंग-बिरंगका बिजुलीका बल्बहरुले बजार र गल्लीहरु जगमगाउँछन्। केटा-केटीहरु पनि पटेका, झिरझिरे चलाएको दृश्य हेरेर अति खुशी देखिन्छन्। मध्य रातसम्म कार्तिकको अँधियारो रात पूर्णिमा भन्दा पनि उज्यालो हुन्छ। अर्को दिन मानिसहरु गाई-गोरुलाई सजाउँछन् तथा गोबरको पर्वत बनाएर गोवर्धन पूजा गर्छन्। त्यसको भोलिपल्ट भाइको तिहार मनाइन्छ। दीपावलीको भोलिपल्ट व्यापारीहरु आ-आफ्ना पुराना बहीखाता बद्ली गर्छन्। उनीहरु पसलमा लक्ष्मी पूजन गर्छन्। यस्तो मानिन्छ कि यस्तो गर्दा धनकी देवी लक्ष्मीको उनीहरुमाथि विशेष अनुकंपा हुनेछ। कृषक वर्गको निम्ति यस पर्वको विशेष महत्त्व छ। खरीफ़को फसल पाकेर तैयारी भएको कारण कृषहरुका खेतहरु समृद्ध बन्छन्। कृषक समाज आफ्नो समृद्धिको यो पर्व उल्लासपूर्वक मान्छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर