Aamsanchar

ठमेल : यौन र उन्माद्

Author Image
शुक्रवार, कार्तिक १२, २०७३

thamelकाठमाडौं

व्यापार, मनोरञ्जन र यौनले रङिगएको ठमेलको ईतिहास अनौठो छ । पहिले भगवतीवहाल वरिपरिको क्षेत्रलाई मात्रा ठमेल भनिन्थ्यो तर अहिले ठमेलले ठहिटी क्षेत्रपाटी पकनाजोल सरस्वती क्याम्पास क्षेत्रसहित त्रिदेवीमार्गदेखी सामाखुसीतर्फको गल्कोपाखा हुदै सोह्रखुट्टे भाग ओेगटेको छ ।

बिक्रम सम्वत २०५०/५१ मा गठन भएको ठमेल पर्यटन बिकास समितीले त्यतीबेला ठमेल व्यवस्थापनको बृहत योजन सहित सक्रियता बढायो । तर त्यो योजनाले खासै प्रभाव पारेन ठमेलका एक बृद्ध झोछेकाजी श्रेष्ठ पुरानो ठमेल र अहिलेको ठमेल हेर्दा सपनादेखेजस्तो लाग्ने बताउछन । १९६० को दशक शुरु हुँदा हिप्पीहरु मरुहिटोल आएपछि ठमेलले बिस्तृत स्वरुप लिन थालेको जानाकारहरु बताउँछन ।

भगवतीवहालको वरिपरिको क्षेत्रमा धेरैपछिसम्म सुँगुर पाल्ने भएकाले नेपाल घुम्ने पर्यटकहरुले त्यतीबेला खिचेको फोटमा पिंगगल्ली भनेर लेखेको भेटिन्छ । अहिले सबैभन्दाबढि धुम्रपान, मध्यपान र लागुऔसधको सेवन हुने ठाँउको रुपमा चिनिने ठमेलमा १९६० ताका प्रवेश गरेका हिप्पिहरुले स्थानियलाई गाँजा तान्न सिकाएको स्थानिय बुढापाकाको भनाई छ । जुनबेला गाँजा खान चाहानेहरुका लागी निशुल्क सामुहिक रुपमा गाँजा बाडिने गरेको समेत बताए । तिनै हिप्पीहरु नै नेपालमा पैसा खर्चगर्ने गरि आउने पहिला पर्यटकहरु हुन ।

13

खानाका सौखिन हिप्पीहरु उतिबेला झोछेकै चर्चित होटल क्याम्प र प्लेजर रुममा बस्ने गर्दथें । तर १९७० देखी नेपालमा हिप्पीहरु आउने क्रम ओरालो लागेको झोछेका ८८ बर्षिय माखुन श्रेष्ठ बताउछन । तर हिप्पीहरु आउन छाडेपनि ठमेलमा अरु पर्यटकको सङख्या निरन्तर बढिरहेको छ । हिप्पीपछि आउने पर्यटक भने ठमेलको काठमाण्डौ गेष्ट हाउसमा बस्न थालेको जानाकारहरु बताउँछन । काठमाण्डौ गेष्ट हाउस र यस आसपासका क्षेत्रमा पर्यटकको चहलपहल बढेपछि भने ठमेलमा होटल, रेष्टुरेण्ट, अफिसहरु खुल्न थाले र मानिसको चहलपहल बढेको पर्यटन क्षेत्रका जानाकार कर्ण शाक्यको पुस्तक सोचमा समेत उल्लेख छ ।

जब साँझ पर्छ ठमेलमा उन्माद् पोखिन्छ 

1
जब साँझ छिप्पिदैं जान्छ अनेकन फुलको बगैचा जस्तो ठमेलमा क्षेत्रमा जब साँझ पर्छ मधुर प्रकाशयुक्त उन्मादले आफै तरङ्ग पैदा गर्छ ।
समयसँगै मान्छेको जिवनशैलीमा पनि निक्कै परिवर्तन आएको छ । जसले काठमाडौंको रात्रिजिवनलाई निक्कै प्रभाव पारेको छ । पछिल्लो दिन यहि प्रभाव पोखिने महत्वपुर्ण ठाँउ बनेको छ ठमेल । जब साँझ पर्छ अनि ठमेलका होटल रेष्टुरेण्ट दोहोरी र डिस्को छताछुल्ल पोखिन्छ थाल्छ ।

दिनभर आफ्नै पेशाव्यसायमा व्यस्त यूवायूवती आजकल राजधानीका क्लब र डिस्कोहरुमा पुगेर खानपान र मनोरञ्जन लिने गरेको छन । जहां खुसी, माया प्रेम र बैश फक्रिएको छ । समयसँगै मान्छेको खानपिन र रमाईलो गर्ने विधिविधानमा पनि असाध्यै बदलाव आएको छ । यहि कारण राजधानीका होटल रेष्टुरेण्ट र क्लबहरुले यूवायूवतीको ध्यान तान्ने विभिन्नखाले स्किम बनाएर ग्राहकहरुलाई आर्कर्षित गर्ने गरेका छन ।

नेपालीहरु बाहिर जाने र बिदेशीहरु नेपाल आउने क्रमले नेपाली खानपिन र मनोरञ्जनको क्षेत्र थप व्यापक बन्दै गईरहेको बताउनुहुन्छ ठमेल पर्यटन परिषदका अध्यक्ष समिर गुरुङ । खानामा आएको यहि व्यापकताले टिपिकल नेपाली खाना ढिडों र गुन्द्रुक फेरी रोजाईमा पर्दैछन् । भारतीय, चाईनिज, पाकिस्तानी र पश्चिमा खानाका परिकारको माग पनि कमी छैन । तर नेवारी खानाका स्वादले अझै लोभ्याउने गरेको छाम्मले रेष्टुराँकी मेलिना श्रेष्ठको बुझाई छ ।

आर्थिक रुपमा सम्पन्नता र बढ्दो खुलापनका कारण खानाका मात्रै होर्ईन मनोरञ्जन र यौनका प्यासीहरुको पनि ठमेलमा उस्तै भिड लाग्ने गरेको छ । जो ठमेलका डान्स दोहोरी र क्लवहरुमा आफैले लगेका पार्टनरसँग छिल्लिने मात्रै होइन सडकमै च्याँखे थापेर बस्नेहरु पनि कमि छैनन ।

कस्सिदोँ साझसँगै गजल, दोहोरी, डान्सबार र पबमा बज्ने संगितले सडक झुमेका बेला यौनका झण्डै ३ सय ग्राहक ठमेलकै सडकमा घुमेका भेटिन्छन । यहि अनुपातमा ठमेलका सडक चोकमा यौनकर्मी पनि बस्ने गरेको ठमेल क्षेत्रमा ट्याक्सी चलाउनेहरु बताउँछन । तर पछिल्ला दिन ठमेलका होटल रेष्टुरेण्टहरुभित्रै यौनकर्मी राखेर धन्दा चलाउने बढेकाले सडक पातलिदैं गएको आरोप पनि व्यवसायीमा लाग्ने गरेको छ । तर होटल व्यसायीहरु भने यो कुरा स्विर्कादैनन । तर सडकमै ‘नयाँ नयाँ माल छ भित्र जाँऊ’ भन्नेहरु भने कम छैनन ।

यिनैले सडकमै २ हजारले पाईने यूवतीको ५ हजारसम्म ठट्याउने गरेको आरोप लगाउनेहरु बताउँछन । यि त नेपालका कुरा तर ठमेलमा चीन कोरिया जापान अमेरिका र अष्ट्रेलियाका यौनकर्मिहरु सक्रिय छन भन्ना अचम्म नमाने हुन्छ । पैसाका लागी सक्रिय चाईनिज यूवतीसँगै रहरले यूरोप र अमेरिकाका यौनकर्मी छिरेको तथ्य धेरैपटक बाहिरिएको छ ।

दैनिक कारोबारमा ठमेल

12
ठमेलमा मात्रै झण्डै ३० हजार व्यासाय संञ्चालनमा छन । यो सङख्या हरेक दिन बढिरहेको अनुमान छ । साना ठुला गरि ३ हजार जति होटल रेष्टुरेण्टहरु छन भने यहि सङ्ख्या पर्यटन सम्बद्ध काम गर्ने अन्य व्यापार व्यवसायहरु ।

दैनिक ५० करोडमाथीको कारोबार हुने ठमेलमा ३० हजार बढिले प्रत्यक्ष अप्रत्यक्ष रोजगार पाईरहेको ठमेल पर्यटन विकास परिषदका पूर्व अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ बताउनुहुन्छ । ३० हजार व्यवसायीको कर्मथलो ठमेलमा राम्रो व्यापारमात्रै होईन । चरम वेश्यावृतिकोे अखडाको रुपमा पनि उपमा पाएको छ । यसबाहेक ठमेलमा मदिरा सेवन र यौनधन्दाका कारण दैनिकजसो लुटपाटका घटनापनि हुने गरेका छन । तर ठमेल क्षेत्रमा प्रहरीले सुरक्षाभन्दा आंतक सिर्जना गर्ने गरेको आरोप लगाउने व्यसायी पनि कमि छैनन । नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक गणेशराज पौडेल भने यो आरोपको खण्डन गर्नुहुन्छ । ‘हामीले कानुनको पालना गराउने र शान्ति सुरक्षाको प्रत्याभुत गराउने काम हो । यसो गर्दा आंतकित बनायो भन्नु गलत हो’ नायव निरिक्षक पौडेलको भनाई थियो ।अन्नपूर्णटीभी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर