Aamsanchar

तुलसीपुर मेट्रोलाई राप्ती आँखा अस्पतालको सहयोग

Author Image
आइतवार, जेठ ३०, २०७८

तुलसीपुर । राप्ती आँखा अस्पताल तुलसीपुर दाङले तुलसीपुर मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पुगेर नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीले नगर प्रमुख घनश्याम पाण्डेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । कोभिड महामारी नियन्त्रण र यसको व्यवस्थापनका लागि कोरोना आइसोलेसन संचालन भएको तुलसीपुर मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको संघका अध्यक्ष गिरीले बताउनुभयो । सो अवसरमा नगर प्रमुख पाण्डेले विपत्तीको बेला सहयोग गर्ने संघसंस्थाहरु सधै जनताको मनमनमा बस्ने बताउँदै सहयोगका लागि धन्यवाद दिनुभयो ।

एन.ए.वी.पी नर्वेको सहयोगमा राप्ती आँखा अस्पतालले सर्जिकल मास्क ७ हजार थान, अक्सिजन कन्सटे«टर एक थान, सेनिटाइजर २० लिटर, ग्लोभ्स १० प्याकेट, र पिपी ३० थान उपलब्ध गराएको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर