Aamsanchar

सर्वियन विश्व नम्बर एक जोकोभिचलाई करिअरको १९ औ ग्रान्डसलाम

Author Image
सोमवार, जेठ ३१, २०७८

काठमाडौं : नोभाक जोकोभिचले करिअरको १९ औ ग्रान्डसलाम जितेका छन्। सर्वियन विश्व नम्बर एक जोकोभिचले ग्रिसका २२ वर्षीय स्टेफानोस सितसिपासलाई कठिन संघर्षमा पछि पार्न सफल रहे। उनले ६-७ (६-८),२-६, ६-३, ६-२, ६-४ ले पराजित गरे। यी दुईबीच उपाधि भिडन्त ४ घन्टा बढी चलेको थियो।

जितसँगै ३४ वर्षीय जोकोभिचले टेनिस इतिहासमा सबै चार ग्रान्डसलाम २-२  पटक जित्ने तेस्रो खेलाडीको कीर्तिमान बनाए। यसअघि यो उपलब्धि रोय इमरसन र राड लेवरले हासिल गरेका थिए।

जोकोभिचको यसअघि २०१६ मा पहिलो पटक फ्रेन्च ओपन जितेका थिए। सर्वाधिक धेरै फ्रेन्च ओपन जित्ने कीर्तिमान राफेल नाडालको नाममा रहेको छ। नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन्। जोकोभिच अब सर्वाधिक ग्रान्डसलाम जित्ने कीर्तिमान बनाएका राफेल नाडाल र रोजर फेडेरर भन्दा १ ग्रान्डसलाम टाढा छन्। फेडेरर र नाडालका नाममा समान २०-२० ग्रान्डसलाम टाइटल रहेको छ। जोकोभिचले करिअरमा दोस्रो पटक २ सेट गुमाएर खेल आफ्नो पक्षमा पार्न सफल भए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर