Aamsanchar

झापाका सञ्चारकर्मीले लगाए कोरोना विरुद्धको खोप

Author Image
मङ्गलवार, असार १, २०७८

बिर्तामोड । झापाका पत्रकारहरुले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् । मंगलबार बिर्तामोड स्थित अतिथि सदनमा झापाको दमक, शिवसताक्षी, काकाई,अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनर, बुद्धशान्ति लगायतका पलिकामा रहने पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

नेपाल पत्रकार महासंघ झापाको समन्वयमा जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय भद्रपुरबाट उपलब्ध भएको खोपमध्ये आज एक सय ६५ जनाले खोप लगाएका थिए ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार मंगलबार पहिलो पटक भेरोसिल खोप लगाइएको हो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप लगाईएको थियो ।

संचारकर्मीहरुलाई पत्रकार महासंघको सदस्यता परिचयपत्र र सम्बन्धित संचारगृहको परिचयपत्रका आधारमा खोप लगाइएको महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

स्थानिय निकायले यस अघि उलवब्ध गराएको खोप लगाएका पत्रकार बाहेक महासंघ झापाले दुईसय जना पत्रकारको नाम सिफारिस गरेको थियो । तोकिएको समयमा मौसम प्रतिकुल भएर ठुलो बर्षा भएकाले टाढाबाट आउने केही पत्रकारहरु खोप लगाउनबाट बन्चित बन्नु परेको थियो । खोपलगाउन बाँकी रहेका पत्रकारहरुले भद्रपुर स्थित जनस्वाथ्य कार्यालयमै गरेर लगाउन पाउने पहल गर्ने अध्यक्ष गिरीले बताए ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर