Aamsanchar

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल हुने

Author Image
शुक्रवार, कार्तिक १२, २०७३

काठमाडौंः

footsall

नेपाल र जापानबीच मैत्रीपूर्ण च्यारिटी फुटबल हुने भएको छ। नेपाल र जापानबीच मैत्री सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसरमा मंसिर ४ गते मैत्रीपूर्ण फुटबल हुन लागेको हो। भूकम्पका कारण क्षतिग्रस्त भएको काभ्रेको विद्यालय पुनर्निर्माणको लागि नेपाली राष्ट्रिय टोली र जापानका माथिल्लो डिभिजनका खेलाडी सम्मिलित टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो।

जापानमा खेलकुद सम्बन्धित गतिविधि सञ्चालन गरिरहेको जापानी सामाजिक संस्था कलरबाथ र अखिल नेपाल फुटबल संघ (एन्फा) को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको मैत्री खेल खेल्न जापानी राष्ट्रिय टोलीका पूर्वखेलाडी टोडा काजुयुकीको नेतृत्वमा १६ जना खेलाडी नेपाल आउने एन्फाका प्रवक्ता एवं प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए।

यसअघि दशरथ रंगशालामा आयोजना गरिने भनिएको मैत्री खेल एन्फा कम्प्लेक्स मैदानमा सञ्चालन गर्न लागिएको जानकारी पनि बिहीबार आयोजित पत्रकार सम्मेलनमा तुलाधरले दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर