Aamsanchar

उडान भर्न लागेको विमानमा अचानक आगलागी

Author Image
शनिवार, कार्तिक १३, २०७३

वासिंटन।

1477715754plane

अमेरिकाको सिकागोमा रहेको ओ’हार अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि विमानमा आगलागी भएको छ ।

अमेरिकी एयरलाइन्सको विमानमा उडान भर्नुअघि धावन मार्गमा रहेका बेला आगो लागेको हो । अमेरिकी एयरलाइन्सको विमान ७६७ को दाहिने भागमा आगो लागेको बताइएको छ । विमानको दुई नम्बर इन्जिनमा आगो लागेको विमानस्थलमा अग्नि नियन्त्रण प्रमुख टिमोथी सामपीले बताए ।

मायामीका लागि उडान भर्न लागेको विमानमा आगलागी भएपछि धावनमार्ग सकिनु पूर्व नै रोकिएको थियो । एक सय ६१ जना यात्रु र चालक दलका ९ सदस्य गरी विमानमा एक सय ७० जना थिए । २० जना सामान्य घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर