Aamsanchar

राशी अनुसार लक्ष्मी पूजा विधि

Author Image
शनिवार, कार्तिक १३, २०७३

 

maxresdefault

  • कात्तिक महिनाको अमावस्या औसीका दिन अर्थात् तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइन्छ । यो तिहारको प्रमुख दिन पनि हो । यस दिनमा धनकी देवी लक्ष्मीको पूजा गर्ने गरिन्छ । ज्योतिष शास्त्रका अनुसार पूजाको दिनमा गरिएको

    पूजाबाट विशेष फल प्राप्त गरिन्छ । दीपावलीको यस दिनमा राशी अनुसार पूजाआजा गर्नाले लक्ष्मी प्रशन्न हुने र मनको इच्छा पूरा हुने विश्वास गरिन्छ । लक्ष्मी पूजाको दिनमा राशी अनुसार गरिने निम्न उपायहरू अनुसार पूजाआजा गरेर लक्ष्मीको कृपा हासिल गर्न सकिन्छ ।

    मेष राशि

    – लक्ष्मी पूजाको राती रातो चन्दन, केशरी मिसाएर सेतो कपडा आफ्नो दराजमा बिछ्याउनाले समृद्धीमा सधै बृद्धी हुन्छ र आकस्मिक धनहानीको सम्भावना पनि कम हन्छ ।

    – लक्ष्मी पूजाको दिन साँझमा घरको मुख्य ढोकामा तेलको ज्योति बाल्ने गर्नुपर्छ । यसले वर्षभरी आर्थिक कठिनाईको सामना गर्नु नपर्ने तथा रोकिएको धन पनि चाँडै नै प्राप्त हुन्छ ।

    – मेष राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।

    ऊं ऐं क्लीं सौ:

    वृष राशि

    – यदी धेरै पैसा कमाउँदा पनि जम्मा गर्न नसक्नु भएको छ भने लक्ष्मी पूजाको साथै कमलको फूलको पूजा पनि गर्नुस् र पछि यो फूल रातो कपडामा बाधेँर आफ्नो दराज या पैसा राख्ने ठाऊँमा राख्नुस् ।

    – लक्ष्मी पूजाको राती गाईको घ्यूले भिजाएर ज्योति बालेर त्यसलाई कुनै एकान्त स्थानमा आफ्नो इच्छा भनेर राखेर आउने । यसले चाँडै नै तपाईको मनको इच्चा पूर्ण हुने योग बन्छ ।

    – वृष राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।

    ऊं ऐं क्लीं श्रीं

    मिथुन राशि

    – यदी तपाई धनको कमीबाट जुधीरहनु भएको छ भने लक्ष्मी पूजाको रातमा लक्ष्मी-गणेशको पूजा गर्दै दक्षिणवर्ती शंखको पूजा गरेर त्यसलाई आफ्नो धन स्थान अर्थात् दराजमा राख्ने । यसले तपाईको आर्थिक स्थितिमा सुधार हुन सक्छ ।

    – यदी तपाई ऋणबाट चिन्तित हुनुहुन्छ भने लक्ष्मीको पूजा पछि गणेशजीको प्रतिमालाई हल्दीको माला लगाइदिने , यसले तपाईको चिन्ता समाप्त हुन सक्छ ।

    – राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।

    ऊं क्लीं ऐं स:

    कर्कट राशि

    – यदी तपाईलाई धन प्राप्तिको इच्छा छ भने लक्ष्मी पूजाको साँझ पीपलको रूखमा तेलको पञ्चमुखी ज्योती बाल्नुस् ।

    – यदी लक्ष्मी पूजाको दिनमा पहेलो त्रिकोण आकृतिको झण्डा भगवान् बिष्णुको कुनै मन्दिरको सकेसम्म माथील्लो स्थानमा फहराउन मिल्ने गरी राख्न सके अर्को लक्ष्मी पूजासम्म तपाईको इच्छा पूरा हुन सक्छ ।

    – कर्क राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।

    ऊं क्ली ऐं श्रीं

    सिंह राशि

    – लक्ष्मी पूजाको राती घरको मुख्य ढोकामा गाइको घ्यूले भिजाएर ज्योती बाल्नुपर्छ । यदी त्यो ज्योती बिहानसम्म बलिरहे तपाईको आर्थिक अवस्थामा सुधार आऊँछ साथै मान-सम्मान पनि बढ्नेछ ।

    – यदि शत्रुले तपाईलाई हैरान गरेका छन् भने लक्ष्मी पूजाको दिनको साँझमा पीपलको पत्तामा अनारको डाँठले शत्रुको नाम लेखेर जमिनमा गाड्नाले शत्रुले कुनै हानी पुर्‍याउन सक्दैन ।

    – सिंह राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।

    ऊं ह्रीं श्रीं सौं:

    कन्या राशि

    – यदी तपाईलाई धन सम्बन्धी कुनै समस्या छ भने लक्ष्मी पूजाको दिन रातो रूमालमा नरिबल बाँधेर आफ्नो दराजमा राख्नुस् । यसले धन प्राप्त हुन सक्छ । यसका साथै लक्ष्मी पूजाको दिनमा रूद्राक्षको माला लक्ष्मीको मन्दिरमा चढाउनुस् ।

    – यदी तपाईलाई जागिर सम्बन्धी कुनै समस्या छ भने लक्ष्मी पूजाको दिनबाट सुरू गरेर प्रत्येक अमावस्याका दिन दैनिक रूपमा खिर बनाएर कागलाई खुवाउनुस् यसल तपाईको समस्या समाधान हुन सक्छ ।

    – कन्या मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।

    ऊं श्रीं ऐं सौं

    तुला राशि

    – यदी तपाईलाई व्यवसायमा घाटा भइरहेको छ भने लक्ष्मी पूजाको वरको रूखको पातमा सिन्दूर र घ्यूले ऊँ श्रीं श्रियै नम: मन्त्र लेखेर यसलाई बगिरहेको पानीमा बगाइदिने ।

    – लक्ष्मीको विशेष कृपा प्राप्त गर्नका लागि तुला राशिमा मानिस दीपावलीको बिहान नुहाएर नित्य कर्म गरेपछि लक्ष्मीको मन्दिरमा पुगेर ११ वटा नरिवल चढाउने ।

    – तुला राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।

    ऊं ह्रीं क्लीं श्रीं

    वृश्चिक राशि

    – यस राशिका मानिसलाई धनको इच्छा भने लक्ष्मी पूजामा आफ्नो घरको बगैँचा या वराण्डामा केराको दुई वटा रूख लगाउने र यसको संरक्षण गर्ने । यसको फल आफूले नखाने अरूलाई दान दिने ।

    – यदी परिवारमा अशान्ति छ भने लक्ष्मी पूजाको राती केशरको फूल ल्याएर घरमा कही लुकाउनुस् । यसले परिवारमा शान्तिको वातावरण हुन्छ ।

    – वृश्चिक राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।

    ऊं ऐं क्लीं सौ:

    धनु राशि

    – यी राशीका मानिसहरूले धन प्राप्तिका लागि लक्ष्मी पूजाको दिनमा पानको पातमा श्री लेखेर आफ्नो पूजा घरमा राख्ने र दैनिक रूपमा यसको पूजा गर्ने ।

    – लक्ष्मी पूजा गर्दा लक्ष्मीलाई कमलको फूल चढाउनुस् । यो लक्ष्मीको प्रिय वस्तु हो ।

    – धनु राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।

    ऊं ह्रीं क्लीं सौ:

    मकर राशि

    – लामो समयदेखी यदी आफ्नो पैसा आफ्नो हातमा परेको छैन् भने लक्ष्मी पूजाको दिन आँकको कपासको ज्योति बनाएर घरको ईशान कोणमा बाल्नुस् । यसले धन प्राप्त गर्ने सम्भावना बढ्छ ।

    – यदी विवाहमा बाधा उत्पन्न भईरहेको छ भने लक्ष्मी पूजाका दिन भगवान् बिष्णुको पूजा गर्ने र उनलाई पहेलो कपडा, पहेलो मिठाई वा पहेलो फल चढाउने ।

    – मकर राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।

    ऊं ऐं क्लीं सौ:

    कुम्भ राशि

    – धन प्राप्तिका लागि लक्ष्मी पूजाको दिन नरिबलको बाहिरी भागमा घ्यू हालेर लक्ष्मीको मुर्ती या फोटो नजिक ज्योती बाल्नुस् । उक्त ज्योति सकेसम्म रातभरी बल्ने गरी बाल्नुस् ।

    – आफ्नो जीवन साथीसँगको सम्बन्ध राम्रो छैन् भने लक्ष्मी पूजाको दिनमा खिर बनाउनुस् र लक्ष्मीलाई चढाउनुस् र आफैले खानुस् । यसले दाम्पत्य जीवन सुदृढ हुन सक्छ ।

    – कुंभ राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।

    ऊं ह्रीं ऐं क्लीं श्रीं

    मीन राशि

    – यदी शत्रुका कारण चिन्तामा हुनुहुन्छ भने लक्ष्मी पूजाको दिनमा जलेको कालो कपूरले शत्रुको नाम लेखेर आफ्नो खुट्टाले मेटे शत्रुले हैरान बनाउन नसक्ने विश्वास गरिन्छ ।

    – धन लाभका लागि दीपावलीमा कुनै लक्ष्मी मन्दिरमा गएर कमलको फूल, नरिवल चढाउने तथा सेतो मिठाई चढाउने । यसले तपाईको धनको समस्या समाप्त हुन सक्छ ।

    – मीन राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।

    ऊं ह्रीं क्लीं सौ:

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर