Aamsanchar

निषेधाज्ञाले लिची बिक्री नहुँदा लाखौँको आम्दानी गुमाउँदै तेह्रथुमका किसान

Author Image
शनिवार, असार १२, २०७८

तेह्रथुम –कोरोना महामारीका कारण भएको निषेधाज्ञाले तेह्रथुमका किसानको लाखौँका फलफुल बोटमै नष्ट हुन थालेका छन्। किसानले उत्पादन गर्दै आएको लिची यतीबेला बोटमै कुहिन थालेको हो । फलफुल खेती रोज्दै आएका किसानलाई कोरोना भाइरसको मार पर्दै आएका छन ।

गाउँका किसानले निषेधाज्ञाका कारण बजारसम्म बिक्रीका लागी पुर्याउने अबस्था छैन । केहीबर्ष अघीसम्म घरमै आएर ब्यापारी खरिद गर्ने गरेका थिए तर अहिले त्यो अबस्था छैन । हाटबजार लाग्दैन ब्यापारीको के कुरा ग्राहक सम्म आउँदैनन् बगैचाहरुमा । गाउँका मानिसलाई फाट्टफुट बिक्री गर्नु बाहेक अरु कुनै विकल्प नै छैन किसानलाई ।

केही बर्ष अघिसम्म राम्रो आम्दानी लिँदै आएका यहाँका किसानहरु कोरोना महामारीका कारण उत्पादन भएर पनी आम्दानी लिन नपाएको किसानहरुको गुनासो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर