Aamsanchar

पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ४९१४ संक्रमणमुक्त, ३० को मृत्यु

Author Image
शनिवार, असार १२, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने ४९१४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । कोरोना संक्रमणका कारण ८ हजार ९७५ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । तीमध्ये ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा छन् ।

 

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर