Aamsanchar

बीएण्डसीलाई एमबीबीएस पढाउन सम्बन्धन दिन मिल्ने–नमिल्ने विषयमा अनुगमन गर्न पठाईएको समितिले हप्ता दिनमा बुझाउनु पर्ने प्रतिवेदन १५ मा पनि बुझाएन

Author Image
मङ्गलवार, असार १५, २०७८

बीएण्डसी अस्पताल ।

काठमाडौं। झापास्थित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस पढाउन सम्बन्धन दिन मिल्ने–नमिल्ने विषयमा इन्पेक्सनका लागि गएको चार सदस्सीय समितिले १५ दिन बितिसक्दा पनि प्रतिवेदन चिकित्सा शिक्षा आयोगलाई बुझाउन सकेको छैन ।

मंगलबार बसेको आयोगको कार्यकारी समितिको बैठकमा समितिले प्रतिवेदन बुझाउने अपेक्षा गरिएको थियो । तर, समितिका संयोजकले नै प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेपछि प्रतिवेदन कार्यकारी समितिमा नपुग्दै अलपत्र परेको छ ।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले गठन गरेको अध्ययन समितिमा नै ‘कन्फिलिट अफ इन्टेष्ट्र’ देखिएको भन्दैं इन्पेक्सन समितिका संयोजकले नै प्रतिवेदनमा बुझाउन इन्कार गरेका हुन् ।

बीएण्डसीमा इन्पेक्सन गर्न जाने समितिका संयोजक प्रा. डा. प्रकाशराज पाण्डेसँग अध्ययन प्रतिवेदनका विषयमा जिज्ञाशा राख्दा उनले आफूले प्रतिवेदन नबुझाउने छोटो प्रतिक्रिया दिए । ‘म यो प्रतिवेदन बुझाउदिनँ,’ उनले भने । उनले यसबारेमा थप बोल्न चाहेनन् । आयोगको २८ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बीएण्डसीको एमबीबीएस अध्ययन अनुमतिका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारलगायतका मापदण्डका विषयमा अध्ययन गर्न कार्यकारी समितिलाई निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार ३० जेठमा आयोगको कार्यकारी समितिले विज्ञ संयोजक प्रा. डा. प्रकाशराज पाण्डेको नेतृत्वमा विज्ञ डा. भोजराज अधिकारी र आयोगकातर्फबाट प्रा.डा. रमेश आचार्य र सेमन्तराज कोइराला सदस्य रहेको चार सदस्सीय इन्पेक्सन समिति बनाएर झापा पठाएको थियो ।

आयोगले समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको थियो । तर, समितिले काम गर्दै जाँदा बीचैमा आयोगका उपाध्यक्ष डा. गिरी, बीएण्डसीका सञ्चालक दुर्गा प्रसाई र इन्पेक्सन समितिका विज्ञ सदस्य डा. अधिकारीबीच कन्फिलिट अब इन्टेष्ट बाँझिने कुराले प्रवेश पायो । सुरुमा आयोगका तर्फबाट इन्पेक्सनमा गएका प्रा. डा. आचार्यले डा. अधिकारी पहिले झगडियाको साझी बसेको हुँदा विपक्षी झगडियाको इन्फेक्सन गर्ने टोलीमा राखिएको भन्दै प्रतिवेदनमा ‘कन्फिलिट अफ इन्टेष्ट’ बाँझिने भएकाले हस्ताक्षर नगर्ने अडान लिए । त्यो कुरा समितिका संयोजक डा. पाण्डेले थाहा पाए । त्यसपछि डा. पाण्डेले डा. अधिकारीलाई आयोगका उपाध्यक्ष डा. गिरीकोतर्फबाट बीएण्डसी कलेजका सञ्चालक दुर्गा प्रसाईसँगको गाली बेइज्जती सम्बन्धि मुद्धामा साक्षी बसे—नबसेको स्पष्ट पार्न आग्रह गरे । त्यसक्रममा डा. अधिकारीले आफू उक्त मुद्धामा साक्षी बसेको जवाफ दिए ।  प्रसाई विरुद्धको मुद्धामा डा. अधिकारीले काठमाडौं जिल्ला अदालतमा साक्षी बसेर दिएको बकपत्र पनि प्राप्त गरेको छ । त्यसपछि इन्पेक्सन समितिका संयोजक डा. पाण्डेले आफूलाई उपाध्यक्ष डा. गिरीले जाना—जान विवादमा फसाउन खोजेको भन्दैं प्रतिवेदनमा हस्ताक्षर गर्न मानेनन् । संयोजकले नै प्रतिवेदनमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि आयोगको मंगलबारको कार्यकारी बैठकमा पनि प्रतिवेदन बुझाइएन् । यस विषयमा आयोगका उपाध्यक्ष डा. गिरीसँग बुझ्न खोज्दा उनले आयोग सम्बन्धि सबै विषयमा सदस्यसचिवले बोल्ने भएकाले सदस्य सचिवसँग सम्पर्क गर्न भने । आयोगका सदस्यसचिव डिल्लीराम लुइटेलसँग प्रतिक्रिया माग्दा उनले आफूलाई यस विषयमा जानकारी नभएको बताए । ‘मलाई त्यस विषयमा जानकारी छैन । उपाध्यक्षज्यूले गोप्य रुपमा म टोली बनाएर पठाउँछु भन्नुभएको हो,’ उनले भने, ‘उहाँले गोप्य रुपमा पठाएको टोलीमा को—को हुनुहुन्छ । किन प्रतिवेदन आएन मलाई त्यो कुरा कसरी थाहा हुन्छ ?’

डा. अधिकारी अदालतमा साक्षी बसेर पेश गरेको बकपत्र

साभार : हेल्थ आवाज  

डा. गिरीका साक्षी बीएण्डसी अनुगमन समितिका सदस्य भएको खुलेपछि संयोजकले प्रतिवेदन बुझाउन मानेनन्

Views: 400

प्रतिक्रिया (०)

सम्बन्धित खबर