Aamsanchar

क्यानडामा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या १३० भन्दा धेरै

Author Image
बुधवार, असार १६, २०७८

क्यानडामा अत्याधिक गर्मीका कारण शुक्रबारयता १ सय ३० भन्दा धेरै जनाकाको ज्यान गएको छ । मर्नेहरूमा अधिकांश वृद्धवृद्धा रहेका छन् । भ्यानकुभरमा मात्र ६५ जनाले ज्यान गुमाएका छन् । यसै गरी बर्नबाइमा ३४ र सर्ररेमा ३८ जनाले ज्यान गुमाएका छन् ।

हिजो (मंगलबार) क्यानडामा तापक्रम ४९.५ डिग्री सेल्सियस पुगेको थियो । जुन आजसम्मकै उच्च तापक्रम हो । यो साताभन्दा अगाडि क्यानडामा तापक्रम कहिल्यै ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको थिएन ।

‘भ्यानकुभरमा यस्तो गर्मी कहिल्यै भएको थिएन । दुखको कुरा गर्मीका कारणले दर्जनौँ मानिस मरिरहेका छन् । हामीले मानिसलाई सुरक्षित राख्न प्रयास गरिरहेका छौँ’, प्रहरी हवलदार स्टिभ एडिसनले भने ।

प्रशासनले मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ । मानिसहरू विभिन्न तरिका अपनाएर गर्मी भगाउने प्रयास गरिरहेका छन् । अझै केही दिन तापक्रम उच्च रहने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 393

प्रतिक्रिया (०)

सम्बन्धित खबर