Aamsanchar

एमालेले नेपालसहित पार्टीका २३ लाई दिएको अल्टिमेटम आज सकिँदै

Author Image
सोमवार, असार २१, २०७८

काठमाण्डौ –नेकपा एमालेले माधवकुमार नेपालसहित पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज सकिँदैछ । गएको शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ताको लागि आज बेलुकी ५ बजेसम्मको अल्टिमेटम दिएको हो । हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिनुभएको छ । तर माधव नेपाल समूहले हस्ताक्षर फिर्ता नगर्ने प्रतिक्रिया दिइसकेको छ ।

ओली र नेपालको अडानका कारण पार्टी एकतालाई टुङ्गोमा पुर्याउने दोस्रो तहका नेताहरुको प्रयास सफल हुन सकेको छैन । पार्टी उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताउनुभएको छ ।

हिजो राष्ट्रिय सभाको बैठकपछि पत्रकारसँगको कुराकानीमा उहाँले दुई जनाको रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने भन्दै दुवैलाई मिलाउन आफू लागिपरेको बताउनुभएको हो ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर