Aamsanchar

अमेरिकी राष्ट्रपति ओबामाले ह्वाइट हाउसमै दिपावली गरे

Author Image
सोमवार, कार्तिक १५, २०७३

एजेन्सीः

Obama-5816af2ff14929.16809055

अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति निवास ह्वाइट हाउसमा दिपावली गरेका छन् ।

ह्वाइट हाउसले आफ्नो आधिकारिक फेसबुक र ट्वीटर एकाउन्टमार्फत ओबामाले दिपावली मनाएको जानकारी गराउँदै तस्बिर पनि सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालयले दिपावली मनाउँदै एक सन्देश जारी गरी अमेरिका तथा विश्वभरमा उज्यालोको पर्व मनाइरहेका सबै मानिसलाई दिपावलीको शुभकामना भनिएको छ ।

ओबामाले दिपावली मनाउने आफू पहिलो अमेरिकी राष्ट्रपति भएको पनि बताएका छन् । उनले सन् २००९ मा पनि पत्नी मिसेलका साथ दिवावली मनाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर