Aamsanchar

भारतलाई चीनको चेतावनी

Author Image
सोमवार, कार्तिक १५, २०७३

नयाँ दिल्ली।

india-china-flag-650_101812121555

चिनियाँ सामान वहिष्कारको अभियानलाई जनस्तरमा प्रेरित गरिरहेको भारत सरकारलाई चीनले चेतावनी दिएको छ ।

चीनले भारतमा चिनियाँ सामान वहिष्कार गरिने हो भने त्यसले भविष्यमा चिनियाँ लगानी घटाउन प्रेरित गर्ने चेतावनी दिएको हो । नयाँ दिल्लीस्थित चिनियाँ दुतावासका प्रवक्ता झी लियानले चिनियाँ सामान वहिष्कारको प्रत्यक्ष प्रभाव भारतमा रहेका चिनियाँ उद्योगमा परेको उल्लेख गर्दै आगामी दिनमा यसले भारतमा चिनियाँ लगानी घटाउन प्रेरित गर्ने प्रष्ट पारे ।

भारतमा चिनियाँ लगानी घटेको अवस्थामा भारतीय उपभोक्ता बजारमाथि पनि नकारात्मक असर पर्न सक्ने चेतावनी चीनले दिएको छ ।

चीनले आतंकवादलगायतका तमाम मुद्दामा पाकिस्तानलाई साथ दिएको भन्दै भारतले चिनियाँ सामाग्री वहिष्कार अभियानमार्फत चीनलाई दबाब दिन खोजिरहेको समयमा चीनको यस्तो चेतावनी आएको हो । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर