

काठमाडौं-पूर्व माओवादी केन्द्रका नेताहरु आज निर्वाचन आयोग जाँदैछन् । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिइएको निवेदनबारे बुझ्न आयोग जान लागेका हुन् । बुधबार पूर्वमाओवादीका नेताहरुले माओवादी खारेज गर्न माग गरेका थिए । “अस्ती वकिल र दोस्रो तहका नेताहरु जानुभयो । आज हामी पहिलो तहका नेताहरु गएर आफ्नो कुरा राख्छौं,” एक नेताले भने ।

नेकपा खारेज भएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिदा नेकपा एमालेमा रहेका जनप्रतिनिधि कारबाहीमा परेका थिए । प्रतिनिधिसभाबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र राष्ट्रिय सभामा रामबहादुर थापा बादल, चन्द्रबहादुर खड्कालगायत कारबाहीमा परेका थिए ।
Views: 372


