Aamsanchar

४० लाखको सयपत्रीको माला , तपाईंले कतिको लगाउनु भो नि ?

Author Image
मङ्गलवार, कार्तिक १६, २०७३

tihar-flower
उर्लाबारी (मोरङ) ।

तिहारमा चाहिने सयपत्री फूल अधिकांश भारतबाट आयात हुने गरेको छ ।

नेपालमा उत्पादित फूलले उपभोक्ताको माग नधान्ने गरेकाले हरेक वर्ष झँै यस वर्ष पनि करिब रु ४० लाखको फूल विराटनगर भित्रिएको व्यापारी बताउँछन् । तिहारमा प्रयोग गरिने फूलको माग स्थानीय नर्सरीले पूरा गर्न नसक्ने भएकाले भारतको कोलकाता र सिलगढीबाट फूल आयात गरिएका हुन् ।

चाडबाडका समयमा स्थानीय नर्सरीको योगदान २५ प्रतिशत मात्र हुने गरेको पुष्प व्यवसायी शम्भुुप्रसाद सिंहले बताउनुभयो । गत वर्ष बन्द र हडतालका कारण व्यापार हुन सकेको थिएन । यस पटक भने विराटनगरमा फूलको व्यापार राम्रो भएको व्यापारीले बताएका छन् ।
लामो समयसम्म वर्षा भएका कारण फूल उत्पादन गर्न भने गाह्रो भएको र स्थानीय उत्पादनले बजारको माग धान्न नसकेको उनीहरुको भनाइ छ । अन्य समयमा रु ५० पर्ने एउटा मालाको तिहारको बेला रु ७० तिर्नु परेको उपभोक्ताको गुनासो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर