Aamsanchar

तेस्रो भेरिएन्ट नियन्त्रणलागि पूर्व तयारीमा तुलसीपुर मेट्रो अस्पताल

Author Image
शनिवार, असार २६, २०७८

तुलसीपुर । तुलसीपुर मेट्रो अस्पतालले तेस्रो भेरिएन्टका लागि तयारी अवस्थामा बस्ने निर्णय गरेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोभिडलाई निरन्तरता दिदै बालबालिकामा देखिन सक्ने अनुमान गरिएको तेस्रो भेरिएन्टको महामारीबाट बच्न अपनाउनुपर्ने सबै उपायहरु अबलम्बन गर्ने निर्णय गरेको हो ।

त्यसका लागि थप भौतिक संरचना, निर्माण, व्यवस्थापनका लागि स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री, फर्निचर खरिद तथा सहयोगका लागि दाताहरुसंग पनि पहल गर्ने निर्णय गरेको छ । त्यसैगरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश साहुलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकमा तुलसीपुर उपमहानगरपालिका उप प्रमुख माया शर्मा, प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतम, स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने, डा. ज्ञानेन्द्र पाण्डे लगाएतले कोरोना महामारीमा गरेको कामको समिक्षा गरेका थिए ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य निरीक्षक बिमल केसीले गर्नुभएको थियो ।

Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर