Aamsanchar

देशभर १ हजार ८ सय ३१ जनामा कोरोना पुष्टि,१ हजार ५ सय ३३ जना सङ्क्रमणमुक्त

Author Image
आइतवार, असार २७, २०७८

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर एक हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार पाँच सय ३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय ३७ जना र तीन हजार ६ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ९४ गरी एक हजार आठ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।

आज सङ्क्रमण पुष्टि भएकासँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ३३ जना सङ्क्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या ६ लाख १९ हजार आठ ९४ जना पुगेको छ । यस्तै कोरोना सङ्क्रमणबाट थप २० जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार तीन सय ८२ पुगेको छ । अहिले नेपालमा २६ हजार एक सय ७३ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर