Aamsanchar

बिर्तामोड युवती मृत्यु प्रकरण : पोष्टमार्टम रिपोट आयो, मोवाइल फरेन्सिक जाँचको लागि काठमाडौं पाठाईयो

Author Image
बुधवार, असार ३०, २०७८

बिर्तामोड । गत सोमबार झापाको बिर्तामोड –५ मा घरको आँगनमा  अर्धनग्न अवस्थामा  मृत  फेला परेकी २५ वर्षीया युवती सिर्जना बस्नेतको मृत्युको कारण के कसरी भयो भन्ने सत्यतथ्य अझै बाहिर आएको छैन । नागरिकहरुले घटनाको बारे सत्यतथ्य जानकारी प्रहरीले सार्वजनिक गर्ने हो की होईन भनेर जिज्ञाषा राखिरहेको अवस्था छ । उता झापा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको जनाएको छ ।

शवको प्रकृतिलाई हेर्दा हत्याको आशंका गर्न सकिने धेरै आधारहरु देखिए पछि प्रहरीले सोही आधारलाई मानेर अनुसन्धानलाई अघि बढाएको छ । सत्यतथ्य पत्ता लगाउन प्रहरी लागिपरिरहेको अबस्थामा युवतीका आफन्तले ‘आत्महत्या’ गरेको भन्दै दावी गर्दै आएका छन् । बस्नेतको दाहशंस्कारमा आफन्तजनले ‘आत्महत्या’ गरेको भन्दै अन्य मलामीलाई बताएको बुझिएको छ । यद्धपि, अनुसन्धानलाई प्रहरीले मसिनो गरि अघि बढाएको छ ।

झापा प्रहरीका प्रवक्ता राकेश थापाको भनाई अनुसार अनुसन्धानका लागि आवश्यक प्रमाण जुटाउने काम भइरहेको छ । उनले युवतीको मोवाइल फरेन्सिक जाँचको लागि काठमाडौं पठाइएको जानकारी दिएका छन् । पोष्टमार्टमको रिपोट पनि आइसकेको छ ।

आफन्तसँग डेरामा बस्दै आएकी बस्नेतको शव सोही घरमुनी फेला परेको थियो । सबै तलाका ढोकामा चावी लगाइएको अवस्थामा युवतीको शव घर बाहिर भेटिनुले घटना रहस्यमय बनेको आम बुझाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर