Aamsanchar

झापामा सात कोरोना संक्रमितको मृत्यु, ७२ जनालाई संक्रमण

Author Image
शुक्रवार, साउन १, २०७८

झापा- झापामा बिहिबार सातजना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसमध्ये मेची अस्पताल भद्रपुरमा ३ जनाको मृत्यु भएको छ । भद्रपुरका ८८ वर्षिय पुरुष र ७४ वर्षिय पुरुष तथा अर्जुनधाराका ६७ वर्षिय पुरुषको मेचीमा मृत्यु भएको हो । त्यस्तै मेचीनगरका ७० वर्षिय पुरुष र शिवसताक्षीकी ६० वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । त्यस्तै मोरङ रतुवामाईकी ६५ वर्षिया महिला र लेटाङका ५२ वर्षिय पुरुषको दमकको आम्दा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा झापाका ७२ जनालाई कोरोना संक्रमण भएको छ । ४१ महिला र ३१ पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै झापामा कूल संक्रमितको सँख्या १८ हजार ४३८ पुगेको छ । त्यसमध्ये १३ हजार ५०६ जना डिस्चार्ज भएका छन् । अझै २ हजार २३३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)