Aamsanchar

प्रदेश १ कोरोना अपडेट (संक्रमितको संख्या ह्वात्तै बढयो)

Author Image
शनिवार, साउन ९, २०७८

विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६७, पथरीशनिश्चरेमा २४, केराबारीमा २२, बेलबारीमा ११, उर्लाबारीमा ४, सुन्दरहरैचा र कटहरीमा २–२, रंगेली, बुडीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ४९, भद्रपुरमा २०, विर्तामोडमा ९, कमल गाउँपालिकामा ६, मेचीनगरमा ३, अर्जुनधारामा २, हल्दिबारी, कचनकवल, कनकाई, बुद्धशान्ति, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ७७, इटहरीमा ९, बराहक्षेत्रमा ३, इनरुवा, हरिनगर र कोशी गाउँपालिकामा १–१, इलामको इलाम नगरपालिका, चुलाचुली, रोङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २ र कटारीमा १, पाँचथरको फिदिममा २, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको हलेसी तुवाचुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा गत तिन देखिको बढदो संक्रमित संख्यालाई हेर्दा कोरोनाले फेरी भयावह रुप देखाउन सुरु गरेको भन्ने पुष्टि हुदै गएको छ । गत बुधबार ४६७, विहिबार ४५८, शुक्रबार ८४७ र आज १०९१ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयको तथ्याङकले देखाएको छ ।

Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर