Aamsanchar

महन्थ ठाकुरलाई राजनीति चोट, नयाँ पार्टी खोले सांसद पद स्वतः जाने

Author Image
मङ्गलवार, साउन १२, २०७८

निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएसँगै महन्थ ठाकुर पक्ष समस्यामा परेको छ । सोमबार आयोगको निर्णय आएसँगै अब जसपाका अध्यक्षमा महन्थ ठाकुर रहने छैनन् । ४ असारमा यादव पक्षले दिएको निवेदनअनुसार मंगलबार आयोगको निर्णय आएको हो ।

यादवको निवेदन र नेतृत्वलाई आयोगले मान्यता दिएसँगै अब पार्टीले ठाकुर पक्षका नेताहरुलाई कारवाही पनि गर्न सक्छ । उनीमाथि कारवाही गर्दा पार्टीबाट उनलाई निस्कासन गर्न समेत सकिने छ ।

यस्तो भएको खण्डमा ठाकुरले नयाँ दल दर्ता गर्न पाउने छन् । तर, उनले नयाँ दल दर्ता गर्दा उनको र उनी पक्षधरको सांसद पनि गुम्ने छ ।

सोमबार निर्वाचन आयोगमा हेड काउन्टका लागि पुग्दा यादव पक्षमा ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ जना रहेका थिए । ठाकुरको पक्षमा १६ जनाले मात्र हस्ताक्षर गरे । एक सदस्य रेशम चौधरी तटस्थ बसे ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ को उपदफा २ मा केन्द्रीय समिति र संघीय संसदीय दलको ४० प्रतिशत सदस्य भएमा मात्र दल त्याग गरेको नमानिने उल्लेख छ । यही आधारमा अब ठाकुर पक्षसँग ४० प्रतिशत सदस्य नपुग्ने भएकाले नयाँ दल गठन गर्दा उनको सांसद पद गुम्ने भएको हो ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर