Aamsanchar

नेपालमा हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना, ८१ को मृत्यु

Author Image
बिहिवार, साउन १४, २०७८

काठमाडौँ — नेपालमा हालसम्म ५४ हजार बालबालिकामा कोरोना संक्रमण देखिएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले तथ्यांक प्रस्तुत गर्दै हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको बताएका हुन् ।

साउन १३ गतेसम्म तथ्यांक अनुसार कोरोनाको पहिलो लहरमा २१ हजार ५२३ बालबलिका संक्रमित भएका थिए । साथै, दोस्रो लहरमा ३२ हजार ९३७ जना बालबालिकामा संक्रमण देखिएको छ । दोस्रो लहरमा संक्रमण पुष्टि भएकामध्ये २९ हजार ७७७ जना निको भएका छन् । कोरोनाको पहिलो लहरबाट ३८ जना बालबालिको मृत्यु भएको छ भने दोस्रो लहरबाट ४३ जना बालबालिकाको मृत्यु भएको छ ।

विज्ञहरुका अनुसार तेस्रो लहरमा बालबालिकाहरु कोरोना संक्रमणबाट बढी प्रभावित हुने छन् ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर