Aamsanchar

मेलम्चीमा पूजाको प्रसाद खाँदा ३० जना बिरामी

Author Image
शनिवार, साउन १६, २०७८

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ चापाबोट चालिसे गाउँमा पूजाको प्रसाद खाँदा करिब ३० जना बिरामी भएका छन्। बिहीबार स्थानीय एउटा घरमा पूजामा प्रसाद खाएकाहरुलाई झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन्। उनले भनिन्, ‘ सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव भएन। हामी बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केका छौँ। ३ जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याएका छौँ।’ 

अन्य बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिइन्। फुडपोइजनको कारणले झाडापखाला लागेकोले ४८ घण्टासम्म सबैलाई ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर