न्यूनतम आधारमा जीवन व्यतित गरिरहेको नेपाली समाजमा धेरै प्रकारका लाज र धकका विषयहरु पाइलैपिच्छे भेटिन्छन् । यस्ता लाज र धकका लागि एक तमासले एउटा शब्दकोष नै पनि बनेको छ । जस्तो कि शारीरिक लाज, सामाजिक लाज, लैङ्गिक छनोटको लाज, जात वा धर्मको लाज, बाँझोपनाको लाज र अहिले त परिवर्तित परिप्रेक्ष्यमा अनलाइन लाज पनि ।
आज म चर्चा गर्न चाहन्छु एउटा यस्तो लाजबारे जुन नेपालमा मात्र होइन, संसारका सबै स्थान र सहर, गाउँ र कुनाकाप्चामा पनि लजाइने गरिन्छ । त्यो हो– बालबच्चालाई स्तनपान गराउँदा लाग्ने लाज १ कुनै जित नभएको लाज हो यो । अझ महिलाहरुले बालबच्चा पाएनन् भने पुरुषको तुलनामा उनीहरुमाथि धेरै खिसीट्युरी गरिन्छ । अनि बालबच्चा पाएर घर बाहिर स्याहारसुसार गरियो भने अझ बढी खिसी गरिन्छ । झन् सार्वजनिक स्थानमा महिलाले आफ्ना बालबच्चालाई स्तनपान गराउँदै छन् भने त्यो निकै ठूलो खिसीको विषय बन्छ, ठूलो लाजको विषय बन्छ ।
अझ दुखद कुरा त त्यतिबेला हुन्छ जब कुनै महिलाले विभिन्न कारणले आफ्ना बालबच्चालाई स्तनपान गराउन पाउँदिनन् । स्तनबाट दुध नआएर वा कार्यालय समयको व्यस्तताका कारण वा अन्य कुनै कारणले एउटी महिलाले आफ्नो शिशुलाई स्तनपान गराउन नपाएर अन्य स्रोतको दुध वा पौष्टिकपुरक वा फर्मूला दुध खुवाउनु पर्दा झन् बढी खिसी गरिन्छ । यस्तो अवस्थामा झन् आमाहरुलाई समाजमा ज्यादै लज्जित गराउने सँस्कार हाम्रो समाजमा व्याप्त छ ।
सार्वजनिक बाटोको छेउमा मूत्र त्याग गर्दा सामान्य मान्ने हाम्रो समाजले महिलाहरुलाई आफ्नै तवर वा परिस्थितिअनुसार शिशुको स्याहार गर्दा भने खिसी गरिन्छ, लाजको विषय बनाउने गरिन्छ । आमाहरुले खुलारुपमा र निर्धक्का साथ शिशुलाई स्तनपान गराउन पाउनु कुनै रकेट साइन्स होइन, हाम्रो जीवन र अझ भावी पुस्ताका लागि एउटा स्वागतयोग्य कदम हो ।
उदाहरणको लागि तपाईं आफूलाई एउटा शिशुको रुपमा परिकल्पना गर्नुहोस्, आमाको छातीमा टासेर सारीको सप्को वा अन्य कपडाले छोपेर खाना खानु के त्यति सहज र सरल, खुला र सामाजिक हुन्छ जति खुलारुपमा खाना खाँदा हुन्छ ? यो समाजले हामीलाई सदियौँदेखि स्तनपानलाई एउटा नितान्त प्राइभेट र गोप्य विषयका रुपमा चित्रण गरिदिएको छ । वास्तवमा यो कुनै गोप्य कुरा होइन किनकि शिशु हुर्काउनु कुनै अपराध होइन । बरु आमा बनेर शिशुको स्याहारसुसार गर्नु सम्पूर्ण मानव जातिकै लागि शानको विषय हो । तर, यहाँ व्याप्त विभिन्न सोच र कुप्रथाका कारण मातृत्वको समय अप्ठ्यारो र आमा बन्नका लागि एउटी महिलालाई असहज हुँदै गएको छ । मातृत्वको समयमा आमाहरुलाई सामान्य जीवनयापन गर्न सजिलो बनाइदिनु हाम्रो कर्तव्य होइन र रु
यसो भन्नुको अर्थ आमाहरुले सार्वजनिक स्थानमा स्तन देखाउँदै हिँड्नुपर्छ भन्ने हाम्रो आशय होइन । तर, धेरै सार्वजनिक स्थलहरु जस्तै एयरपोर्ट, बसस्ट्यान्ड, अनि नाम चलेका अन्तर्राष्ट्रिय स्तरका रेष्टुरेन्टहरुमा पनि विशेषतः स्तनपानका लागि सुरक्षित, शान्त र सफा ठाउँहरुको व्यवस्था हुँदैन । अनि आमाहरुले आफ्ना शिशुलाई सार्वजनिक स्थलमा स्तनपान गराउन अप्ठ्यारो मानेर वा ठाउँ नपाएर आफ्ना बालबालिकालाई फर्मूला दुध खुवाएमा वा स्तनपान नगराउँदा शिशुमा पर्ने असर र चुकाउनु परेको असरको मूल्यको लेखाजोखा कसले गर्ने रु स्वास्थ्य, विज्ञान र पोषणविदहरुले कम्तिमा सुरुका दुई वर्ष सम्पूर्णरुपमा शिशुलाई स्तनपान गराउन पर्ने कुरा गरिरहँदा हाम्रो समाज यो विषयमा कत्तिको संवेदनशील छ त रु फेरि अर्कोतिर स्तनपान गराउनाले आमाको सौन्दर्यमा असर पर्छ भन्ने गलत धारणाका कारण आमाहरुले शिशुलाई स्तनपान नगराएको विषय पनि आफ्नै ठाउँमा छ ।
स्तनपान सामान्य तर अति महत्वपूर्ण हो भन्ने स्थापित गराउन र यसको महत्व समाजमा सहजै स्वीकार्य बनाउन धेरै कसरत गर्नु पर्ने देखिन्छ । १ अगस्टदेखि ७ अगस्टसम्म विश्व स्तनपान दिवस सप्ताह मनाइँदै छ, यी कुराहरुको पनि सम्बोधन होस् ।
लेखक शाह जनस्वास्थ
विज्ञ ग्रुप फर टेक्निकल असिस्टेन्ट धोवीघाट, ललितपुरमा कार्यरत छन् ।