

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आजका लागि आह्वान गरेको आफूनिकट केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बस्ने तय भएको बैठक भोलासम्मका लागि स्थगित भएको नेपाल निकट नेता बेदुराम भूषालले जानकारी दिए।

उनकाअनुसार तयारी नपुगेकाले बैठक सारिएको हो। केही नेताहरु काठमाडौं बाहिर रहेकाले बैठक भोलिका लागि सारिएको भूषालको भनाइ छ। पार्टीभित्रको विवाद समाधानको लागि निर्णायक मोडमा पुगेपछि नेता नेपालले आगामी रणनीति तय गर्नका लागि बैठक बोलाएको बुझिएको छ। बैठकले पार्टी एकता गर्ने कि विभाजनमा जाने भन्ने विषयमा निर्णय गर्नेछ। एकताका लागि नेता नेपालले संसदको पूरा कार्यकाल सुनिश्चितता, जुनसुकै निर्णयमा अध्यक्ष ओलीसहित आफ्नो पनि हस्ताक्षर हुनुपर्ने लगायतका शर्त राखेका छन्।

एकता हुन नसके सरकारमा सहभागी हुने नेपाल पक्षको तयारी छ। नेता नेपालले निर्णय दिन नसकेकाले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन्।


