Aamsanchar

चिनियाँ बाँदरराजाको भविष्यवाणी: अमेरिकामा ट्रम्पले जित्छन्

Author Image
शनिवार, कार्तिक २०, २०७३

साङघाई (चीन):

A monkey kisses the cardboard cutout of US Presidential candidate Donald Trump during a selection intended to predict the result of the US election, at a park in Changsha, in China's Hunan province on November 3, 2016.  The monkey chose Republican candidate Donald Trump. / AFP PHOTO / STR / China OUT

चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुने भनेर सङ्केत गरेको अन्तरराष्ट‍्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो । यस प्रसङ्गमा यसले दिएको भविष्यवाणी नै सही ठहरिएको थियो ।

गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भएको बताइएको छ । उक्त अलौकिक जनावरले सन् २०१० को विश्वकप फुटबलका धेरै प्रतिस्पर्धामा को विजयी हुन्छन् भनेर सोधिएको प्रश्नमा सही विजेता छान्न सफल भएको थियो ।

पहेँलो सर्टमा सिङ्गारिएको उक्त भविष्यवक्ता बानरराजमा अगाडि दुईवटा केराका टुक्राहरूलाई अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धामा रहेका डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको प्रतीकका रुपमा राखिएको थियो । उक्त बादरले दुई टुक्रामध्ये ट्रम्पको प्रतीक मानिएको केराको टुक्रालाई उठाएर निर्णय दिएको थियो ।

बाँदरले निर्णय दिनुभन्दा पहिले केहीबेर ध्यानपूर्वक केराका टुक्रा नजिक बसेको थियो । त्यसपछि ट्रम्पको प्रतीक बनाई राखिएको केराको टुक्रालाई उचालेर भविष्यवाणी गरेको सियाङ हु इकोलोजिकल टुरिजम पार्कले बिहीबार आफ्नो वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा जनाइएको छ । एएफपी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर