Aamsanchar

मेचीनगरमा २४ हजार ३१ जनाले लगाए कोभिड १९ बिरुद्धको खोप

Author Image
शुक्रवार, साउन २९, २०७८

मेचीनगर । मेचीनगर नगरपालिकामा २४ हजार ३१ जनाले कोभिड १९ बिरुद्धको खोप लगाईसकका छन् । ती मध्ये ९ हजार ५ सय ५४ जनाले खोपको दुवै मात्रा लिइएका छन् । भोरोसिल, कोभिसिल्ड र जोन्सन एण्ड जोन्सन कम्पनिको खोप लगाएका हुन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार सवैभन्दा बढी १० हजार ९ सय जनाले भोरोसिल खोप लगाएका छन् । तीमध्ये १ हजार ७ सय जनाले भेरोसिलको दुवै मात्रा लिईसकेका छन् । जोन्सन एण्ड जोन्सन कम्पनिको खोप नगरभरिका ७ हजार ४ सय ५० जनाले लगाएका छन् । कोभिसिल्ड र भेरोसिल खोप दुई मात्रा लगाउनु परे पनि जोन्सन एण्ड जोन्सन कम्पनिको खोप एकमात्रा लगाए हुने विज्ञहरुको भनाई छ ।

कोभिसिल्ड खोप नगरका ५ हजार ६ सय ८१ जनाले लगाएका छन् । यसको दुवै मात्रा लगाउनेको संख्या नगरमा ४ सय ४ जना रहेको स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले जानकारी दिनुभयो । नेपाल सरकारले कोभिड १९ बिरुद्धको खोप लगाउने अभियान शुरु गरेदेखि नै स्थानीय सरकार मेचीनगर नगरपालिकाले खोपलाई पहिलो प्राथमिकतामा राखेको थियो । नगरपालिकाले एकैदिन नगरभरिका उद्योगी व्यवसायी र साना सवारी चालकगरी ८ सय जनाबढीलाई कोभिड १९ विरुद्घको खोप उपलब्ध गराएको शाखा प्रमुख यादवले बताउनुभयो ।

नगरका उद्योगी व्यवसायीहरुको छाता संस्था मेची उद्योग बाणिज्य संघ मेचीनगरको संयोजनमा मेचीनगर नगरपालिकाद्वारा आयोजित नगरभरिका उद्योगी व्यवसायी र सिटी सफारी तथा अटोका चालकहरुलाई समेत लक्षित गरेर कोभिड १९ विरुद्घको खोप लगाउने कार्यक्रममा ६ सय नगरभरिका उद्योगी व्यवसायी र २ सय १० सिटी सफारी तथा अटोका चालक गरी ८ सय १० जनाले अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन खोप लगाएका थिए ।

Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर