Aamsanchar

मन्त्री राईले जन्मोउत्सव मनाईन मानव सेवा आश्रममा

Author Image
शनिवार, साउन ३०, २०७८

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो जन्मदिन विराटनगर–१० को मानव सेवा आश्रममा मनाउनु भएको छ ।

आश्रममा आश्रित ८५ जनासँग बसेर उहाँले जन्मदिन मनाउनु भएको हो । मन्त्री राईले आश्रममा रहेकाहरुलाई शुक्रबार साँझको खाना खुवाउनु भएको थियो । मानव सेवा आश्रममा प्रदेश १ का विभिन्न जिल्लाहरुबाट उद्धार गरिएका सहयोगापेक्षी तथा सडक आश्रितहरु रहेका छन् । मन्त्री राईले प्रदेश १ सरकारले सडकआश्रित मानवमुक्त प्रदेश बनाउने अभियानमा रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले मानव सेवा आश्रमसँगको सहकार्यमा विराटनगरमा सहयोगापेक्षी तथा सडक आश्रितहरुका लागि भवन पनि निर्माण भईरहेको बताउनुभयो ।

मानव सेवा आश्रममा आयोजित कार्यक्रममा पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष पर्शुराम बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक पुनम दाहालले मानव सेवा आश्रमले अहिलेसम्म गरेका कामका बारेमा मन्त्री राईलाई जानकारी गराउनु भएको थियो । यसअघि मन्त्री राईको पहलमा मानव सेवा आश्रममा रहेकाहरुलाई कोभिड १९ विरुद्धको खोप लगाईएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)