Aamsanchar

सुनको मूल्य

Author Image
बिहिवार, भदौ १०, २०७८

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य तोलामा २०० ले घटेको हो । जसअनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार १०० र तेजाबी सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३०० र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ थियो ।

यसैगरी, महासंघले आज सुनको मूल्य घटे पनि चाँदीको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । आज चाँदीको प्रतितोला मूल्य एक हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२