Aamsanchar

सुनको भाउ आज

Author Image
शुक्रवार, भदौ ११, २०७८

काठमाण्डौ – सुनको भाउ बढेको छ । तोलामा ५ सय रुपैयाँले बढेर आज सुनको भाउ ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ । तीज नजिकिएसँगै बजारमा सुनको माग बढ्न थालेको छ भने कारोबार पनि बढेको छ । कोरोना भाइरसको जोखिमका कारण भएको लकडाउन र निषेधाज्ञाले सुनको कारोबार घटेको थियो। तर तीज नजिकिएकाले अहिले भने सुनको कारोबार बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२