Aamsanchar

फलोअप : प्रकाशको उपचार प्रक्रिया सुरु

Author Image
बुधवार, भदौ १६, २०७८

विरामी प्रकाशको अवस्थाबारे जानकारी लिदै अभियानका सदस्यद्वय किरण पौडेल र लक्ष्मीप्रसाद घिमिरे ।

बिर्तामोड । वाथ रोगका कारण घुडाको पाङ्ग्रा र तिघ्रको दुवै हड्डी खिईएर दुईबर्ष देखि ओछ्यान परेका झापा बिर्तामोड–२ चारपानेका ३२ बर्षे प्रकाश शर्माको उपचार प्रक्रिया अघि बढेको छ ।

प्रकाशको स्वास्थ्य अवस्थालाई यकिन गरेर कस्तो र कहाँ उपचार गर्ने भन्ने निर्णय लिन सजिलो हुने र उनको स्वस्थ्य उपचारको बारेमा पूर्व अनुसन्धान जरुरी हुनेकुरा डाक्टरहरुले सुझाव दिएपछि हाल एक हप्ता देखि बिर्तामोडको बिएण्डसी अस्पतालमा फिजियो थेरापी र स्वास्थ्य परिक्षण गर्ने काम भईरहेको ‘प्रकाश बचाउ’अभियानका संयोजक डिल्लीराम सिटौलाले जानकारी दिएका छन् ।

अभियन समितिको आज बसेको बैठकले तिन सदस्य परामर्स लिने टोली बनाएको छ । टोलीले डाक्डर संग सम्पूर्ण परामर्स लिनेकाम आजै गर्ने भएको छ । प्रकाशको हालको स्वास्थ्य अवस्था, अबको उपचार पद्धती र यकिन खर्चकोको बारेमा उक्त टोलीले बुझने काम गर्ने छ । परामर्स लिनको लागि अभियानका सदस्यहरु किरण पौडेल, शिवप्रसाद साह, उमेश शर्मालाई समितिले जिम्मेवारी सुम्पेको छ ।
अत्यन्तै विपन्न वर्गका प्रकाश शर्माको उपचारको लागि देश विदेशबाट सहयोग जुट्नेक्रम जारी रहेको छ । करिव १५ लाख खर्च लाग्ने पूर्व अनुमान गरेर सुरु गरिएको सहयोग संकलन कार्य अन्तरगत हाल सम्ममा १२ लाख माथी सहयोग जुटी सकेको अभियानका सदस्य अर्जुन मैनालीले जानकारी दिए ।

‘१५ लाख खर्च अपुग हुने र सम्पूर्ण खर्च २५ लाख लाग्ने अस्पताल श्रोतले जनाएको छ ।’ ‘उता उपचारको लागि विएण्डसी अस्पतालबाट पनि सहयोग प्राप्त हुने बचन प्राप्त भएको’ सचिव जगन्नाथ अधिकारीले बताए ।

आज भएको अभियानको बैठकमा संयोजक डिल्लीराम सिटौला, सचिव जगन्नाथ अधिकारी, सह–सचिव हरिभक्त उप्रेती, कोषाध्यक्ष सिखा खड्का, सह–कोषाध्यक्ष उमेश शर्मा, सदस्यहरु उपेन्द्रप्रसाद पराजुली, अर्जुन मैनाली, किरण पौडेल, लक्ष्मीप्रसाद घिमिरे, शिवप्रसाद साह, राधाकुमारी शर्मा, कामेश्वर गणेशको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 442

प्रतिक्रिया (०)