Aamsanchar

हिजो भन्दा आज अमेरिकी डलर कमजोर

Author Image
शुक्रवार, भदौ १८, २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरको भाउ नेपाली रुपैयाँमा अधिकतम ११६ रुपैयाँमा झरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर ११६ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ११७ रुपैयाँ २० पैसा रहेको छ । यस्तै आज युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ २० पैसा र बिक्री दर १३८ रुपैयाँ ९१ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८० पैसा र बिक्री दर १६१ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२७ रुपैयाँ ३३ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ७६ पैसा र बिक्री दर ८६ रुपैयाँ ५६ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९२ रुपैयाँ ५० पैसा र बिक्री दर ९२ रुपैयाँ ९८ पैसा रहेको छ भने आज यता जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ६० पैसा र बिक्री दर १० रुपैयाँ ६५ पैसा रहेको छ ।

आज चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०५ पैसा र बिक्री दर १८ रुपैयाँ १५ पैसा रहेको छ । यता साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ०९ पैसा र बिक्री दर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ६१ पैसा र बिक्री दर ३१ रुपैयाँ ९१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 364

प्रतिक्रिया (०)

सम्बन्धित खबर