Aamsanchar

यी हुन् ट्रम्पको नजर संसारकै सबैभन्दा सुन्दर महिला

Author Image
शनिवार, कार्तिक २७, २०७३

एजेन्सी ।

aina-Ivanovic-world-beauti-3

डोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए ।

महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म जति पनि महिलाहरुसँग भेटे, तिनीहरुमा सर्बियाकी टेनिस स्टार एना इवानोविच सबैभन्दा सुन्दर महिला हुन् ।

गन्यमान्य व्यापारी ट्रम्प २०१४ मा सर्बियामा विजनेस सम्भावनाको अध्ययनका लागि गएका थिए । त्यहीबेला उनको र तत्कालिन सर्बियाली प्रधानमन्त्री इविका डेचिचबीच भेटका क्रममा एना इवानोविचलाई याद गरेका थिए । ट्रम्पले एनाको बारेमा भनेका थिए– ‘मैले आफ्नो जीवनमा अहिलेसम्म जतिपनि महिलासँग भेटेको छु, तिनीहरुमा एना सबैभन्दा सुन्दर छिन् । उनी दुनियाँकै सुन्दर महिला हुन् ।’

हाल विदेशमन्त्री रहेकी डेचिचले भनेकी छन्– ‘ट्रम्प धेरैबेरसम्म एनाको बारेमा कुरा गरिरहे । उनी एनाको सुन्दतामा मन्त्रमुग्ध देखिन्थे र उनका अनुसार एना दुनियाँकै सबैभन्दा राम्री महिला थिइन् । एना एउटा कारण हो जसका कारण ट्रम्पको सर्बियाप्रति सहानुभुति छ ।’

२९ वर्षीय एना इवानोविचको पछिल्लो वर्ष १२ जुलाईमा वेनिसमा म्यानचेस्टर यूनाइटेडका फुटबलर बास्टियन श्वांसटाइगरसँग विहे भइसकेको छ । विश्वकप विजेता जर्मनी फुटबलर बापिस्टयन हाल टिममा वापसीका लागि प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर