Aamsanchar

बुद्धभूमि नेपालले असोज ११ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

Author Image
आइतवार, असोज ३, २०७८

काठमाडौं – बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकत्ता १०० रुपैयाँअंकित मूल्यमा साधारण सेयर जारी गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ । सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्ट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र बढीमा ५० हजार कित्ता आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ छिटोमा असोज १४ गतेसम्म भर्न पाइने छ । उक्त अवधिमा मागानुसारको आवेदन नपरेमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिने अवधि थप हुनेछ ।

आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर