Aamsanchar

नेपालले उचाल्यो एएफसी सोलिडारिटी कप फुटबलको उपाधि

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७३

झापा ।

nepali-football-team-582affdf8ef4c6-582b0c32233817.31162693

मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपालले हात पारेको छ ।
मंगलबार मकाउलाई १–० गोल अन्र्तरले पराजित गर्दै उपाधि उचालेको हो । नेपाल र मकाउबीचको फाइनल खेल मलेसियाको सारावाक रंगशालामा भएको थियो । मलेसियाको कुचिङस्थित सरावक स्टेडियममा पहिलो हाफको खेलमा नेपालका लागि सुजल श्रेष्ठले २९ औं मिनेटमा हेडमार्फत गोल गरे ।

उनले भरत खवासको पासमा गोल गरेका हुन् । उनले गरेको गोल नै निर्णयक गोल बन्न पुग्यो । यसैबीच नेपाली राष्ट्रिय टोलीले मंगलबारको खेलमा इतिहास रचेको छ । नेपालले अहिलेसम्म एसियाली फुटबल महासंघले आयोजना गरेको कुनै प्रतियोगितामा जित हासिल गरेको थिएन् ।

मंगलबारको खेलमा जित हासिल गर्दै नेपालका लागि यो पहिलो अवसर भएको छ जहाँ नेपालले एएफसीको कुनै प्रतियोगितामा उपाधि हात पारेको छ । त्यस्तै, नेपालले उपाधिमा ह्याट्रिक पनि गरेको छ । गत माघमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि हासिल गरेको नेपालले त्यसको एक महिना पनि नबित्दै भारतको गुवाहाटीमा भएको सागको फुटबलमा स्वर्ण पदक हासिल गर्न सफल भएको थियो ।

नेपाली टोलीले गत शनिबार भएको सेमिफाइनलमा लाओसलाई ट्राइबेकरमा ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर