Aamsanchar

मेसी भन्दा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने उत्तर कोरियाको घोषणा

Author Image
बुधवार, मंसिर १, २०७३

एजेन्सीः

North-Korean-Leader-Kim-Jong-un-Promises-to-Create-More-Talented-Footballers-Than-Lionel-Messi-582c5c27a6f3c3.56731490

उत्तर कोरियाका उच्च नेता किम जोन उनले बार्सिलोना एवम् अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी भन्दा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने घोषणा गरेका छन् ।

उत्तर कोरियाका सर्वोच्च नेता किमले आफ्नो देशले फुटबलको विकासलाई प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै मेसी भन्दा उत्कृष्ट खेलाडी उत्पादन गर्ने कसम खाएका हुन् ।

‘हामी बार्सिलोना र अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी भन्दा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने कसम खान्छौँ,’ उनले भनेका छन् ।

उत्तर कोरियालीको पोङयाङ अन्तराष्ट्रिय फुटबल स्कुलका प्रशिक्षक रि यु हीले नेता किमको घोषणा अनुसार मेसी जस्तै क्षमता भएका खेलाडी उत्पादन गर्ने दाबी गरे । प्रशिक्षक हीले भने, ‘हामी लियोनल मेसी जस्तै क्षमतावान फुटबल खेलाडी उत्पादन गर्न हाम्रा युवालाई तालिम दिनेछौँ ।’

भविष्यमा विश्वलाई दबाबमा राख्ने फुटबल खेलाडी उत्पादन गर्ने प्रशिक्षक हीको दाबी छ । ‘तत्कालका लागि एसियाको खेललाई दबाउने गरी खेलाडी उत्पादन गर्ने छौँ,’ उनले थपे, ‘मलाई लाग्छ, भविष्यमा हामी विश्वलाई दबाब दिने खेलाडी उत्पादन गर्ने छौँ ।’

उत्तर कोरिया अहिले फिफा बरियातामा एक सय २६ औँ स्थानमा छ । उसले अहिलेसम्म दुई विश्वकपमा भाग लिइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर